गण्डकी

मन्त्री अर्यालद्धारा स्याङ्जामा पहिरोमा परि मृत्यु भएका तथा घाइते परिवालाई राहत रकम हस्तान्तरण



स्याङ्जा १८ असोज। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाहरुको परिवारलाई सरकार र सहकारी अभियानको तर्फबाट नगद १८ लाख ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेकी छिन् । मन्त्री अर्यालले छुट्टाछुट्टै कार्यक्रमका बीच १८ लाख बढी राहत रकम हस्तान्तरण गरेकी हुन् ।मन्त्री अर्यालले वालिङ नगरपालिका,  गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका केही दिनअघि गएको पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरेकी हुन् ।

          मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका–१४ तमादीमा पुगेर मृतकको परिवारलाई १० लाख २० हजार प्रदान गरेकी छिन् । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीका ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो । सैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरिन् । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गरेकी हुन् ।

       उनले असोज ८ गते मृत्यु भएका १७ वर्षीय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गरेकी हुन् । यसैगरी उनले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५÷५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिन् ।

    यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी संघका तर्फबाट २०\२० हजार र बिस्थापित चार परिवारलाई १५\१५ हजार राहत मन्त्री अर्यालले प्रदान गरिन् । वालिङ नगरपालिका–११ मा पहिरोबाट मृत्यु भएका स्वर्गीय दुर्गाबहादुर थापाको परिवार तथा घाइतेहरुलाई २ लाख ५० हजार, घाइते मुना थापालाई २० हजार, नारयणी सिञ्जाली १० हजार, दिलबहादु परियारलाई १० हजार रुपैयाँ राहत मन्त्री अर्यालले गरेकी छिन् ।

प्रकाशित : १८ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६