स्वास्थ्य

रामायण सर्किट को अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक



काठमाण्डौ २४ असोज ।  नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । सिहंदरबारमा रहेको मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो । हवाई क्षेत्रका सम्बन्धमा उहाँहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्नेका साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे कुरा भएको थियो ।

       कोभिड–१९ का कारण बन्द रहेको काठमाण्डौ र भारतका विभिन्न शहरहरुबीचको उडान चाँडै सुरु गर्नेबारेमा पनि उहाँहरुबीच कुराकानी भएको थियो । त्यस्तै संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किट को अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

           भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।

  त्रेतायुगमा भगवान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किटु भन्ने गरिएको छ । जानकीलाई विवाह गरेर लैजानका लागि रामले अयोध्याबाट आएको बाटो र जनकपुरमा स्वयंवरपछि सीतालाई लिएर गएको धार्मिक भूमिलाई नै अहिले रामायण सर्किटका नामले चिनिन्छ । ६ सय ५० किलोमिटर लामो सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरुलाई जोड्ने लक्ष्य लिएको छ ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६