अर्थ-वाणिज्य

सरकारले पठायो अर्जेण्ट बजेट, कपिलवस्तु सहितका २१ अस्पतालमा आइसियू र भेण्टीलेटर



 कपिलवस्तु २८ असोज । सरकारले कोभिड विरुद्ध खासै केहि गरेन भनेर आलोचना भई रहदा सरकार एकाएक प्रभावकारी कदमका साथ कोभिड विरुद्धमा उत्रिएको छ । सरकारले देशभरका विभिन्न २१ अस्पतालमा आईसीयू र भेन्टिलेटर थप गर्नका निम्ति बुधवार एकसाथ बजेट पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार साउन ११ गतेको मन्त्रिपरिषद निर्णय अनुसार केही अस्पतालमा आईसीयू र भेन्टिलेटर थप गर्न बजेट पठाइएको हो ।

    प्रवक्ता गौतमका अनुसार कोरोनाको उपचारका लागि भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै प्रश्न उठेका बेला यसको व्यवस्थापनका बजेट पठाइएको हो । कोशी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच/पाँच भेन्टिलेटरसहित १५/१५ आईसीयू निर्माणका लागि तीन/तीन करोड गरेर ३६ करोड रुपैयाँ पठाइएको छ। 

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार भेन्टिलेटर र १० आईसीयू बेड थप गर्नका निम्ति दुई करोड पठाइएको छ । यो सँगै २०७७ भदौ २१ को कोभिड कोषको निर्णय अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १० भेन्टिलेटर, १४ आईसीयूका लागि पाँच करोड ५७ लाख पठाइएको छ । धुलिखेल अस्पताल पाँच भेन्टिलेर १४ आईसीयूका लागि दुई करोड ८५ लाख, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २० भेन्टिलेरसहित आईसीयूका लागि आठ करोड ४० लाख पठाइएको छ । 

  विभन्नि प्रदेशका जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटरका लागि २८ करोड पठाइएको हो। धनकुटा, पाँचथर,  सर्लाही, नुवाकोट, धादिङ, दमौली, कपिलवस्तु, अर्घाखाँची, महाकाली, टीकापुर, कालिकोट र सल्यान जिल्ला अस्पतालमा चार/चार भेन्टिलेटर र १०/१० आईसीयूका लागि दुई/दुई करोडका दरले २८ करोड रुपैयाँ पठाएको छ । सँगै जाजरकोट चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि ५० लाखको दरले एक करोड रुपैयाँ पठाइएको छ। 

त्यसैगरी स्वास्थ्य अनुसन्धान परिषदलाई कोरोना सम्बन्धि अनुसनधाका लागि दुई करोड दिइएको छ । सरकारले घोषणा गरे अनुसार प्रत्येक स्थानीय तहमा पाँच बेडको अस्पताल निर्माणको कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा १० लाखको दरले ६४९ स्थानीय तहमा ६४ करोड ९० लाख यस अघि नै निकासा  गरिएको छ ।  

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६