कपिलवस्तु २ कार्तिक । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बाणगंगा नगरपालिका नीजि स्तरबाट स्वाब जाँच गराएकामध्ये ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको हो । २ जना वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी पनि परेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । वडा नम्बर २ का ३७ र ३४ बर्षिय पुरुष रहेको पौडेलले बताउनु भयो । अन्य २ जनामा वडा नम्बर ७ का ३४ बर्षका पुरुष र वडा नम्बर ४ की ५० बर्षकी महिला रहेका छन् ।
२ कार्तिक २०७७, आइतबार
प्रतिक्रिया