अर्थ-वाणिज्य

कृषिमन्त्री भेडीगोठमा,लुम्विनी प्रदेश आत्मनिर्भर खशी बोकामा



रुकुमपूर्व ३ कार्तिक ।लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गर्नुभएको छ । भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको रुकुम पूर्ब जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ११ मा रहेको उपल्लो सेराको उनले स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनपश्चात मन्त्री पौडेलले गाउँपालिका पशुपालनको लागि उपयुक्त ठाउँ भएको बताउनुभएको छ । पशुपालनलाई निर्वाहमुखी नभइ अब व्यावसायिक बनाउनुपर्नेमा उहाको जोड थियो

    सो अवसरमा स्थानीयवासीले मन्त्री पौडेल समक्ष विभिन्न माग राखेका छन् । त्यहाँका स्थानीयले केही वर्ष अघिसम्म पशुपालन व्यवसाय गर्दै आएका थिए । अहिले भने सरकारले संरक्षण नगरेकै कारण पशुपालन व्यवसया धरापमा पर्दै गएको उनीहरुले गुनासो गरेका छन् । पशुवस्तुलाई विभिन्न रोग लाग्दा बेलैमा उपचार र प्राविधिक नपाउँदा पनि आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् ।

    यता बाख्रापालन व्यवसाय फस्टाएका कारण यो वर्ष दसैंका लागि स्थानीय खसीबोकाले नै बजार माग पूरा हुने भएको  छ । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी र अर्घाखाँचीमा पर्याप्त खसी उत्पादन भएपछि बजारमा स्वदेशी खसीबोकाकै मासु बिक्री भइरहेको छ । दसंका लागि भारतबाट खसी ल्याउन नपर्ने अवस्था आएको छ ।

    पाल्पा, अर्घाखाँची र गुल्मीमा व्यावसायिक बाख्रापालनमा आकर्षण बढेपछि खसीबोकामा परनिर्भरता कम हँुदै गएको व्यापारी बताउँछन । भारतबाट आयात हुने खसीबोकाको खपत निकै कम भएको छ । यी जिल्लाबाट काठमाडौं, पोखरामा पनि खसीबोका पठाउन थालिएको छ । भारतीयभन्दा नेपाली खसी स्वास्थ्यका लागि पनि राम्रो र खान पनि स्वादिलो हुने भएकाले उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ ।व्यावसायिक रूपमा बाख्रापालन गरेका किसानलाई खर्च जुटाउनसमेत सहज भएको छ ।

     पाल्पाका महिलाले खसीबोका बेचेर लाखौं कमाएका छन । खसीबोकाबाट प्रशस्त आम्दानी भएपछि पाल्पाका महिला उद्यमी व्यावसायिक बाख्रापालनमा जुटेका छन्। पाल्पाली महिला उद्यमीले दसंका लागि मात्रै ५३ सय खसीबोका बिक्री गर्न तयार पारेका छन । 

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६