लुम्बिनी

मिसन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु



पाल्पा २० कार्तिक । पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिकाका ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।कात्तिक १८ गते अस्पताल भर्ना भएका उनको बुधबार स्वाब संकलन गरिएको थियो । बुधबारै मृत्यु भएका उनको बिहीबार रिपोर्ट आउँदा कोरोना पुष्टि भएको थियो । परिवारका अनुसार ती व्यक्तिलाई पहिल्यैदेखि मधुमेहको समस्या थियो ।

 आफन्तले भने अस्पतालले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अस्पतालले सामान्य तरिकाले उपचार गरेको उनीहरूको भनाइ छ । ‘मंगलबार भर्ना भएको बिरामीको बुधबार मात्र स्वाब पठाइयो,’ एक आफन्तले भने, ‘कोभिड शंकास्पद हो भने सोही अनुसार व्यवस्थापन गर्नुपर्थ्यो । बिहीबार एकाएक प्रहरी लगाएर छुट्टै बस्न लगाइएको छ ।’यससँगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६