स्वास्थ्य

आइतबार २ हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि



काठमाण्डौ २३ कार्तिक ।  नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ९४ हजार चार सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार २ हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।त्यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।    

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६