भैरहवा ६ मंसिर । रुपन्देहीमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका(४ की ६५ वर्षिय महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। नारायण पोखरेलेलले जानकारी दिए ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।
६ मंसिर २०७७, शनिबार
प्रतिक्रिया