जीवनशैली

गाउँको सिहंहदरवार : डेढलाखको घ्यू र अण्डा उपहार



कपिलवस्तु ८ मंसिर  ।गाउँको सिंहदरवार मानिएको कपिलवस्तु नगरपालिका वडा नं ९ ले सुत्केरी महिलाहरुका लागि पोषिलो आहार स्वरुप घ्यू र अण्डा वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक महिलालाई एक क्यारेट  अण्डा र १ केजि घ्यू दिने अभियान सोमबारबाट शुरु गरिएकोे वडा अध्यक्ष शिब बहादुर वाग्लेले बताउनुभयो । 


    वडाको आर्थिक सहयोग ,निग्लिहवा स्वास्थ्य चौकी जगदिशपुरको आयोजना र साना किसान कृषि सहकारी संस्था जगदिशपुरको समन्वयमा वडाभित्रका सुत्केरी महिलालाई पोषिलो आहार वितरण गरिएको हो । अभियानको पहिलो दिन ३५ जना सुत्केरी महिलालाई  वितरण गरेको वडा कार्यालय जनाएको छ । यो अभियान निरन्तर रुपमा चल्ने भएकोले वडा भित्रका साउन महिना यताका नयाँ सुत्केरी महिलाहरुले  सम्पर्क गर्नुपर्ने वडाध्यक्ष वाग्लेले स्पष्ट पार्नूभयो । यस कार्यक्रममा लागि ढेड लाख बजेट छुट्याएको वडा कार्यालयले जनाएको छ । 

    वडा अध्यक्ष वाग्लेले आगामी बर्षमा पनि महिलाहरुका लागि बिभिन्न शिर्षकमा बजेट बिनियोजन गर्ने बताउदै वडामा एम्बुलेन्स सञ्चालनको लागि पनि बिभिन्न खालका प्रयास र पहल भईरहेको बताउनुभएको छ । कार्यक्रममा पोषिलो आहार वितरण गर्दै कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले सुत्केरी भएपछि सुत्केरीमा पोषण आहारको कमीले रोगसँग लड्ने क्षमता वृद्घि गर्न पौष्टिक आहार अतिआवश्यक पर्ने बताउनुभयो ।  

    उहाले कपिलवस्तु नगरपालिकाले बच्चा अस्पतालमा जन्मिएको र बच्चाको दर्ता लिएर नगरपालिकामा आएमा आमा सुरक्षा कार्यक्रम मार्फत १ हजार दिने ब्यवस्था गरिएको समेत जानकारी गराउनुभयो । वडा अध्यक्ष वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि निग्लिहवा स्वास्थ्य चौकीका प्रमुख हरिराम चौधरीले प्रकाश पार्नूभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब बिजय पोख्रेलले गर्नुभएको थियो ।   

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६