जीवनशैली

तिनाउ -दानव हरित करिडोरको सिलन्यास हुदै ,७ सय ५० घर टहरा विस्थापन हुने



रुपन्देही ९ मंसिर ।  अर्थमन्त्री बिष्णु पौडेलले तिनाउ -दानव  हरित करिडोरको बुधवार सिलन्यास गर्ने कार्यक्रम तय भएको छ । तर  तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु हुनैलाग्दा त्यस क्षेत्रमा पर्ने घर टहराहरुको भने व्यवस्थापन भएको छैन । तिनाउ तथा दानव नदी किनारमा निर्माण गरिने करिडोरका लागि काम सुरु हुनुपूर्व नै त्यस क्षेत्रमा पर्ने घर टहराहरु हटाउने प्रतिवद्धता गरेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा सैनामैना नगरपालिकाले समयमै काम सुरु गर्न सकेका छैनन् ।

    तिनाउ र दानव नदीको दायाँबायाँ निर्माण हुने दुई लेनको सडकका लागि त्यहाँ रहेका घर टहरा हटाउने गरी लिखित प्रतिवद्धता जनाएका ती निकायहरुले काम सुरु हुनैलाग्दा पनि व्यवस्थापन नगर्दा काममा अवरोध आउन सक्ने चिन्ता बढेको हो । संघीय सरकारको लगानीमा निर्माण हुन लागेको करिडोरका लागि ७ सय ५ घर टहरा विस्थापित गर्नुपर्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । तिनाउ र दानव नदीको वारपार ५० किलोमिटर करिडोर निर्माणका लागि ४५ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ । 

    करिडोर क्षेत्रमा जग्गा तथा मुआब्जाको समस्या नरहेको स्थानीय निकायहरुले बताएपनि देविनगर तथा बुद्धनगर क्षेत्रमा भएका बस्तिहरुले समस्या ल्याउन सक्ने सडक डिभिजन कार्यालयले  बताएको छ । यसैगरी सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले आफ्नो नगर क्षेत्रमा पर्ने करिडोरमा खासै बस्ति नभएको हुँदा समस्या नहुने बताउनुभयो । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ । पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७/७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ । करिडोर निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बुधबार योजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६