स्वास्थ्य

१० हजार बढी एचआइभी संक्रमित उपचारको पहुँच बाहिर



काठमाडौँ १६ कार्तिक । नेपालमा ३० जना एचआईभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित सबै उपचारपछि कोरोनामुक्त भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।  नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ । अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ  भने १० हजार बढी संक्रमित उपचारको पहुँच बाहिर रहेको छन् । सन् १९८८ मा पहिलो पटक नेपालमा ४ जना यौनकर्मीमा देखिएको एचआइभी अहिले दिनमा दुईभन्दा बढीमा संक्रमण हुने गरेका छ । १ वर्षको अवधिमा ७ सय ३९ एचआइभी संक्रमितको मृत्युको छ । 

सरकारी सेवा बाहिर रहेका करिब १० हजार ९३ संक्रमित कहाँ छन् भन्ने कुरा सरकारलाई थाहा छैन । त्यसैले ती संक्रमितले समेत सो रोग फैलाउन सक्ने सरोकारवालाको भनाइ छ ।  तंथ्याङ्कअनुुसार आर्थिक वर्ष ०७६र०७७ मा ७ सय ९० नयाँ संक्रमित पहिचान गरिएको थियो । दैनिक सरदर दुईभन्दा बढीको एचआइभी संक्रमणका कारण मृत्यु समेत हुने गरेको छ ।  नेपालमा सन् २०१० को तुलनामा सन् २०१९ नयाँ संक्रमण ६४ प्रतिशतले घटेको भने ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ । सरकारले यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६