जीवनशैली

बौद्ध साहित्यका सारथी एवम् शैक्षिक व्यक्तित्व बौद्धाचार्यको निधन



कपिलवस्तु १६ मंसिर बौद्ध साहित्यका सारथी एवम कपिलवस्नुका शैक्षिक धराहरका रुपमा स्थापित कपिलवस्तु नगरपालिका वडा नम्बर १ चोकबजारका ९० बर्षिय तेज कुमार बौद्धाचार्यको निधन भएको छ । रुपन्दहेहीको भैरहवामा ठुला छोरा अरबिन्दको घरमा बौद्धाचार्यको सोमवार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ । बिभिन्न रोगबाट ग्रसित बौद्धाचार्यको भैरहवाका भीम अस्पतालमा एक महिना उपचार पछि छोरा अरबिन्दको घरमा बस्दै आउनु भएको थियो ।

    आफनो पुरा जीवन शिक्षा क्षेत्रमा बिताएका तेजकुमारलाई कपिलबस्तुमा नचिन्ने सायदै कोही नहोला ।६५ बर्ष शिक्षण पेशामा बिताएका उहाँले एक बर्ष अघि सम्म पढाउने गर्नु हुन्थ्यो । शिक्षा क्षेत्रमा ठुलो योगदान भएकैले होला उहाँलाई सबैले मास्टर साहेव भनी सम्मानले सम्बोधन गर्ने गर्थे । उहाँ बिक्रम सम्बत १९८८ मा तौलिहवा बजारमा जन्मनु भएको थियो । अंगे्रजी, नेपाली समाज शास्त्रमा उहाँको बिशेष रुची थियो ।


प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६