जीवनशैली

३ बर्षसम्म पनि न्यायिक समितिलाई इजलास कै अभाव



देउखुरी २० मंसिर ।दाङमा स्थानीय तहको न्यायिक समितिमा परेका सर्वाधिक उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र गरिएको छ । स्थानीयवासीसँग छलफल तथा स्थलगत अनुगमन गरी अधिकांश उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट गरिएको न्यायिक समितिले जनाएको छ।

    विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानूनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाई अधिकांश मिलापत्र गरिएको घोराही उपमहानगरपालिकाको न्यायिक समितिका संयोजक सीता सिग्देलले बताइन ।

   स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिले न्यायिक निरुपणको काम प्रभावकारी बनाउँदै लगेका छन । उक्त समितिमा नगरसभा वा गाउँसभाले निर्वाचित गरेका दुई सदस्य रहने व्यवस्था छ । सो समितिले कानूनी सल्लाहकारको सल्लाहअनुसार न्याय सम्पादनको कामलाई निरन्तरता दिइरहेका छन ।

प्रकाशित : २० मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६