काठमाडौं, २ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी शुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ ।डब्लुएचओले गत वर्ष चीनको वुहानबाट शुरु भएको कोरोना महामारीको उद्गमस्थल वुहान शहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै अनुमति नदिएको बताइएको छ ।
लामो समयदेखि डब्लुएचओले गरेको प्रयासअनुसार वुहानमा अनुसन्धानका लागि चीनले अनुमति दिएको हो ।यसअघि जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको बताइएको थियो । वुहान शहरमा जनावरहरुको अत्याधिक व्यापार र खपत हुने गरेको बताइएको छ । तर डब्लुएचओले अनुसन्धान नगरेसम्म त्यसको पुष्टि भने हुन बाँकी छ ।
गत वर्ष नै अमेरिकाले चीनमाथि कोरोनाविरुद्धको खोप लुकाएको र कोरोनाको बारेमा जानकारी नदिएको आरोप लगाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी नियन्त्रणका लागि सहयोग गर्ने बताएपनि चीनले ठाडै अस्वीकार गरेको थियो ।यस्तै चीनको मात्र कुरा सुनेको भन्दै राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिइने आर्थिक सहायता रोकेका थिए ।
यता डब्लुएचओले वुहान भ्रमण गरेर अनुसन्धानकर्मीहरुको टोलीले आगामी दिनमा आउन सक्ने महामारी नियन्त्रणका उपायहरुबारे अनुसन्धान गरिने बताएको छ ।गत डिसेम्बरमा वुहान सेन्ट्रल अस्पतालमा एक चिनियाँ चिकित्सक लि वेनलिङले नयाँ रोगको सम्भावित प्रकोपका बारेमा अनुसन्धान थालेको बताए लगत्तै चीन सरकारले हिरासतमा लिएको थियो । एजेन्सी
प्रतिक्रिया