ललितपुर २० पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि भोलि नयाँ दिल्ली लैजाने तयारी भएको छ । अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।‘थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ ।
तर, निश्चित भएको छैन’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने ।सिता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो । पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया