ब्रेकिंग न्युज

कोरोना संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु



बाँके २१ पुष । कोरोना संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा २ जना र भेरी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो ।दाङको घोराही उपमहानगरपालिका १८ का १३ वर्षिय बालकको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यू भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुस १९ गते अस्पतालमा भर्ना भएका उनको २० गते कोरोना संक्रमण पुष्टी भएको थियो।

उनको आज विहान पौने ८ बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।सोही मेडिकल कलेजमा कञ्चनपुर महेन्द्रनगर ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको छ। पुस १७ गते अस्पताल भर्ना भएका उनको उपचारको क्रममा विहान सवा ७ बजे मृत्यु भएको हो।  भेरी अस्पतालमा उपचाररत बाँकेका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ। पुस ९ गते कोरोना संक्रमण पुष्टी भएका उनको उपचारको क्रममा सोमबार राती साढे १२ बजे मृत्यु भएको हो । 

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६