गुल्मी २१ पुस । गुल्मीमा समायोजनका कारण १० संस्थागत र २६ सामुदायीक बिद्यालय पुरै बन्द भएका छन्। गुल्मी दरवार गाउँपालिकामा १–१० पढाई हुने गौरी शंकर इग्लिस बोर्डिङ स्कुल इश्वरी माविमा पुरै समायोजना भएको छ। भने चार संस्थागत र दुई सामुदायीक बिद्यालय खाली भएका छन् ।
त्यस्तै धुर्कोट गाउँपालिकाले पनि सामुदायीक र संस्थागत गरेर ९ बिद्यालय समायोजन गरेको शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। धुर्कोटमा ५ संस्थागत बिद्यालय पुरै खाली भएका छन्। मुसिकोट नगरपालिकाले ७ वटा सामुदायीक बिद्यालय समायोजन गरेर पुर्ण रुपमा बन्द गरेको छ।
६ वटा बिद्यालयको कक्षा घटाएको मरासिनीले बताए। रेसुंगा नगरपालिका र सत्यवति गाउँपालिकाका एक/एक वटा संस्थागत बिद्यालय मात्रै समायोजन भएका छन्। चन्द्रकोट गाउँपालिकाले ५ बिद्यालय पुरै समायोजन गरेको ५ भने ९ बिद्यालयमा कक्षा घटाएको छ ।








प्रतिक्रिया