अर्थ-वाणिज्य

राप्ती अस्पतालमा ‘सिटी स्क्यान’ सेवा शुरु,स्वास्थ्य क्षेत्रमा प्रदेश भित्र उल्लेख्य प्रगती :मूख्यमन्त्री पोखरेल



दाङ, २७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको भौतिक पूर्वाधार निर्माण गरी अस्पतालको क्षमता विस्तार गरिने बताउनुभएको छ । आज अस्पतालको सिटी स्क्यान सेवा तथा आवासगृहको उद्घाटनपछि आयोजित कार्यक्रममा उहाँले मुलुक सङ्घीय सरकारमा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालका रूपमा अगाडि बढाइएको भए पनि अझै पनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रूपमा विकास हुन नसकेको बताउनुभयो ।

पूर्वाधार निर्माण भएपछि अस्पतालको पनि क्षमता विस्तार हुने भन्दै मुख्यमन्त्री पोखरेलले यसअघि अस्पतालमा चिकित्सकहरु बस्नसमेत नमान्ने गरेकाले अब सुविधा सम्पन्न आवास निर्माण भएपछि त्यो समस्या नरहने बताउनुभयो । सिटी स्क्यान सेवा शुरु भएपछि अब तुलसीपुरभन्दा बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारको रु तीन करोड ५० लाखको लागतमा उक्त सेवा शुरु गरिएको हो भने सङ्घीय सरकारको रु छ करोड ५० लाख लागतमा पाँचवटा भवन निर्माण गरिएका छन । तीमध्ये तीनवटा नर्सिङ क्वार्टर र दुईवटा चिकित्सक क्वार्टर रहेका छन् । (रासस)

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६