लुम्बिनी

प्रकृतिको उपहार सितलहर ,स्थानीयतहको बहार न्यानो कम्वल



चन्द्रौटा २ माघ । ऋतु अनुसारको मौषमका कारण प्रकृतिको उपहार स्वरुप सितलहर  शुरु भएकोछ । यसवाट विपन्न र आय श्रोत न्यून भएक नागरिकलाई सुरक्षित राख्न स्थानीयतहले  वहारको रुपमा  न्यानो कम्वल  वितरण शुरु गरेका छन् । यसैक्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ सय जनालाई कम्बल वितरण गरिएको छ । गाउँपालिकाभित्रका अति विपन्न र गरिब परिवारलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनु भएकोछ।

    यस्तै प्रत्येक वर्ष फरक–फरक व्यक्तिहरुलाई कम्बल प्रदान गर्दै आइरहेको अध्यक्ष थापाले बताउनुभयो । शितलहरका कारण जाडो अत्यधिक बढिरहेको अवस्थामा अति गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरी सहयोग गरेको ५ नं वडाका वडाध्यक्ष अनवार मोहम्मद मुसलमान जानकारी दिनुभएको छ ।

    पहिलो चरणमा ९ सय  थान कम्वल वितरण गरिएको छ। जाडोको मात्रा हेरेपछि पुन खरिद गरेर वितरण गर्न सकिने पालिका अध्यक्ष थापाको भनाइछ । गाउँपालिकाबाट यसरी गरिब घरका परिवारले कम्बल पाएपछि खुसी समेत व्यक्त गरेका थिए । जाडोयाममा गाउँपालिकाकाले कम्बल प्रदान गरेको भन्दै बृद्धबृद्धाले गाउँपालिका अध्यक्ष थापालाई धन्यवादसमेत दिएका थिए । 

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६