लुम्बिनी

बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु



बाँके ६ माघ। बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार एकजनाको होम आइसोलेसनमा र एकजनाको भेरी अस्पतालमा मृत्यु भएको हो ।नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।

७० वर्षीय पुरुषमा २६ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए । अक्सिजन लेभल कम भएपछि उनलाई २७ पुसमा भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई पुनः होम आइसोलेसनमा बस्ने गरी २९ पुसमा डिस्चार्ज गरिएको थियो । मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका उनको सोमबार राति ९ः३० बजे आफ्नै निवासमा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको हो ।

धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना परीक्षण गर्दा २८ पुसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण उनी होम आइसोलेसनमा बस्दै आएका थिए । तर सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा बिहान ६ बजे भर्ना गरिएको थियो । रोगको प्रकृति अनुसार उपचार सुरु गरिए पनि उनको बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल जनाएको छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६