अर्थ-वाणिज्य

कपिलवस्तु : अस्पतालका मे.सु.बन्जाडेवाट कोरोना खोप शुभारम्भ हुने



कपिलवस्तु १३ माघ। कपिलवस्तुमा बुधवार (आज) देखि कोभिड बिरुद्धको खोज अभियान संचालन हुदैछ ।तौलिहवा स्थित जिल्ला अस्पतालका मे.सु.किशोर बन्जाडेले खोपको पहिलो डोज लगाउने तय भएको छ । मेसु बन्जाडेले यो खोप सुरक्षित र भरपर्दाे भएकाले सबैलाई आश्वस्त पार्न आफूले पहिलो डोज खोप लिने जानकारी दिनु भयो । 

    यता कोभिड बिरुद्धको ४५ सय डोज खोप लुम्बिनी प्रदेश मार्फत जिल्ला स्वास्थ्य कार्यालयमा आएपछि आज देखि अभियान सूरु गर्न लागिएको हो । कोडिभ खोप समन्वय समितिको अध्यक्ष तथा प्रअिज दीर्घ नारायण पौडेललाई प्रदेशबाट प्राप्त ४५ सय डोज खोपको कागजात स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले हस्तान्तरण गर्नु भएको हो । समितिको प्रशासन कार्यालमया भएको बैठकमा सो हस्तान्तरण गरिएको हो । 

    एक्ट्रोवजोनिक कम्पनीले उत्पादन गरको १० लाख डोज खोप भारतीय सरकारले नेपाललाई अनुदान दिएको थियो । त्यसै अन्र्गत खोप प्रदेश हुदै कपिलस्तु आईपुगेको कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले बताउनु भयो । खोप कपिलवस्तु अस्पतालमा सुरक्षितरुपमा राखिएको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीलाई दिईने प्रजिअ पौडेलले जानकारी दिनु भयो । बुधवार बिहान १०बजे कपिलवस्तु अस्पतालबाट खोप अभियानको सूरुवात गरिने उहाले  वताउनु भयो । 

   जिल्ला स्वास्थ्य कार्यालयमा खोप केन्द्र स्थापना गरिएको र कपिलवस्तु अस्पतालका स्वास्थ्यर्कीलाई खोप दिईने छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिईने छ । पहिलो चरणको अभियान नौ दिन सम्म चल्ने छ । खोप २ हजार जनालाई पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख केसीले स्पष्ट पार्नु भयो  । पहिलो चरणमा खोप लगाएकाहरुलाई एक महिना पछि दोश्रो पटक खोज दिईने छ । खोप लगाएपछि केही असर देखिए त्यसकालागि समेत टिम बनाइएको छ । 

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६