प्रदेश

सवारी सुरक्षार्थ ४ नम्वर डमी स्थापना



कपिलवस्तु २६ माघ । ट्राफिक सचेतना अभिवृद्धि गर्न ईलाका प्रहरी कार्यालय पिपरा कपिललवस्तुले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि चारनम्बर चोकमा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले  जानकारी दिनुभयो । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने उहाको भनाई छ । 

    यता बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले ईलाका प्रहरी कार्यालय पिपराले सडक दुर्घटना न्यूनिकरण ,लागुपदार्थ दुब्र्यसनि बिरुद्ध लगाएत महत्वपूर्ण कार्यहरुमा निकै राम्रो काम गर्दै आएको बताउनुभयो । उहाले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने बताउनु भयो ,उपप्रमुख अर्यालले सडक दुर्घटना  न्यूनिकरण र बिच सडकमा हुने भिडभाडलाई कम चारनम्बरमा आकशे पुल राखिने बताउनुभयो ।यसका लागि बिभिन्न कार्ययोजा बन्दै आएको र बजेट पनि बिनियोजन गरिएको उहाको भनाई छ।

    डमी ट्राफिक प्रहरीले सचेतनासँगै ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई समेत कानुन अनुसार सवारी चलाउन मद्दत गर्ने बाणगंगा वडा नर ४ का अध्यक्ष गणेश क्षेत्री र १ का अध्यक्ष बालकुमारी पन्तको भनाई छ । पछिल्लो समयमा नेपाल प्रहरीले मुलुका बिभिन्न अत्याधिक भिडभाड बढ्ने स्थानमा डपी ट्राफिक राख्ने अवधारणालाई बिस्तार गरिरहको छ  ।

प्रकाशित : २६ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६