ब्रेकिंग न्युज

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप



काठमाण्डौ १३ फागुन ।  सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार ८२ जनाको विवरण थप गरेको हो ।विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले  जानकारी दिनुभयो । बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न केस लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको अधिकारीले बताउनुभयो ।

कोरोना सङ्क्रमितको सङ्ख्या अझै धेरै देखिन सक्ने उहाँको अनुमान छ । पछिल्लो २४ घण्टामा थपिएका समेत गरी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ११ जनाको पीसीआर परीक्षण गर्दा थप एक सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार आठ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।यस्तै थप ८४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय २३ पुगेको छ । उज्यालो 

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६