प्रदेश

बस्ती बस्तीवाट मगर उठे,चौक चौराहमा रमाउदै जुटे



कपिलवस्तु १६ फागुन३९ औँ ‘राष्ट्रिय मगर एकता दिवस कपिलवस्तुको
बाणगंगामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल मगर संघ बाणगंगा नगरको समन्वय,
वडा नम्बर दुई इकाई समिति र न्यू मंगोलियन युवा क्लवको आयोजनामा कप्टैया खेल मैदानमा
विविध सांस्कृतिक कार्यक्रमसहित मगर एकता दिवस मनाइएको हो । कार्यक्रममा नगरका १० वडाबाटै
मगर संस्कृति, झँकी र बाजागाजासहित मानिसहरु जम्मा भएका थिए ।

यसैबीच कार्यक्रममा बोल्नेहरुले मगर
संस्कृति नेपालकै अमुल्य सम्ति भएको बताएका छन् । कार्यक्रममा
  नगरप्रमुख मंगल प्रसाद थारुले मगर संस्कृति नेपालकै
अमुल्य सम्पति भएको बताउनु भयो । नेपाल बहुजात, भाषा, धर्म र संस्कृतिले युक्त मुलुक
भए पनि मगरसमुदायको छुट्टै पहिचान भएको उहाँको भनाई छ । मगर आन्दोलन र मगर अधिकार स्थापित
गर्न मगर तथा गैरमगर सबै एकजुट भएर लाग्नु पर्ने उहाँको भनाई छ । नगरले सबै जात जाति
र भाषाभाषीमाथि विभेद नगरेको बताउनु भयो । उहाँले भन्नुभयो हामीले थारु चाड माघिको
लागि पनि बजेट विनियोजन गछौँ । यस्तै मगर संस्कृति र कार्यक्रमको लागि पनि बजेट छुट्याएका
छौँ ।

यस्तै कार्यक्रममा बोल्ने नगर, जिल्ला
र प्रदेशका मगर अगुवाहरुले पनि मगर आन्दोलन र अधिकारकारको लडाई अझै नसकिएको बताएका
छन् । उनीहरुले लुम्बिनी प्रदेशलाई मगरात नामाकरण गरिनु पर्ने लगायतका माग अझै पनि
पुरा नभएको बताए । कार्यक्रममा मगर खाना, संस्कृति तथा भेषभुषाको पनि प्रदर्शन गरिएको
थियो ।
 

विगतमा फरक फरक स्थानमा कार्यक्रम
हुने गरेकोमा यसपटक नगरको एक स्थानमा भएको र अर्को साल वडा नम्बर ९ को भलवाडमा ४० औँ
मगर एकता दिवस मनाउने तय भएको मगर अगुवा तथा वडा नम्बर ३ का वडासदस्य कुल प्रसाद सोमैले
  बताउनु भयो । कार्यक्रम संयोजकको रुपमा संजिब थापा
रहनु भएको थियो ।

 

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६