कपिलवस्तु १७ फागुन।कपिलवस्तुुको शिवराज नगरपालिका वडा नं ३ निवासी ईश्वरी पाण्डेले ५५ औ जन्मोत्सवको अवशरमा विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ । शिवराज नगरपालिका वडा २ वालशिक्षा मावि वालापुरमा अध्यानतर ६० जना विपन्न वालवालिकाहरुलाई पोशाक बितरण गरिएको छ । विद्यालयमा पुुगेर पोशाक वितरण गर्दै पाण्डेले जन्मदिनको अवसर फरक तरिकाले मनाउने गरेको बताउनुुभयो ।
वर्षेनी वालवालिकाहरुको लागि सहयोग गरेको भन्दै यस वर्ष वालापुरमा रहेका वालवालिकाहरुलाई वितरण गरिएको उहाँले बताउनुुभयो । विपन्न परिवारका वालवालिकाहरुलाई पढन समस्या रहेको भन्दै केहि सहज हुने विश्वास व्यक्त गर्नुुभयो ।पोशाक वितरण गर्दै शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरीले जन्मोत्सवको अवशरमा पोशाक वितरण गरेर सामाजिक कार्य गरेकोमा धन्यवाद दिनुुभयो ।
पाण्डेले जन्मदिनमा फजुुल खर्च नगरि फरक तरिकाले सामाजिक कार्य गरेको बताउनुुभयो ।नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्का,खुमान सिह परियारले विद्यालयका वालवालिकालाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् । विद्यालय अभिभावक संघका अध्यक्ष इमान बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय अभिभावक,शिक्षक शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया