स्वास्थ्य

आज सभामुख, सांसद र केही मन्त्रीले कोरोनाविरुद्धको खोप लगाउदैँ



काठमाण्डौ १९ फागुन । आज सभामुख, सांसद र केही मन्त्रीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।बिहान १० बजे नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा सभामुख अग्नि सापकोटालगायत सांसद र मन्त्रीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् ।

आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्दै छ । यस्तै, आज संसदको रिपोर्टिङ गर्ने केही पत्रकारले पनि खोप लगाउँदै छन् ।सरकारले सबै नागरिकलाई खोप दिने भन्दै थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको छ । यसअघि सरकारले भारतबाट २० लाख डोज खोप खरिद गरेकामा १० लाख डोज आइसकेको छ । बाँकी १० लाख डोज खोप आउन बाँकी छ ।त्यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज खोप सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत अग्रपङ्क्तिमा खटिनेलाई प्राथमिकतामा राखेर लगाएको थियो । 

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६