प्रदेश

आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने



काठमाण्डौ २० फागुन । आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गएको माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो  । पहिलो चरणमा नेपालको कूल जनसङ्ख्याको १ दशमलव ४ प्रतिशतलाई प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए ।हिजो प्रतिनिधिसभाका सांसद र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुले खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने मन्त्रालयले जनाएको छ । 

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६