काठमाण्डौ २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओलीले खोप लगाएपछि आज दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ ।खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम छ । दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ७० वर्षका प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा पर्नुहुन्छ ।
प्रधानमन्त्री ओलीलाई खोप लगाउँदा कुनै खतरा नहुने विज्ञले बताएका छन् । कोरोनाको खोपबारे केही अन्योल देखिएकाले ज्येष्ठ नागरिकलाई हौसला र प्रोत्साहन दिनका लागि प्रधानमन्त्री ओलीले खोप लगाउन लाग्नु भएको हो ।यसअघि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख अग्निप्रसाद सापकोटा, नेता पुष्पकमल दाहाल ुप्रचण्डु लगायतले खोप लगाइसक्नु भएको छ ।
प्रतिक्रिया