पर्यटन

आज चैते दशैँ ,नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै



काठमाडौँ  ७ बैशाख । आज चैते दशैँ । यस वर्ष बैशाख महिनामा चैते दशैँ परेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ यस वर्ष भने बैशाखमा पर्न गएको हो । आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी दशैँ मनाउँछन् ।चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोभिड–१९ का कारण मठ मन्दिरमा भीड गराउन रोक लगाइएको छ ।चैते दशैँ कर्णाली र सुदूरपश्चिममा भव्यसँग मनाउने गरिन्छ । चैते दशैँ धुमधामका साथ मनाउने भएकाले कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६