प्रदेश

बिप्लवको गृह जिल्लावाट फेरी शुरु भयो शानितपूर्ण संघर्ष



कपिलवस्तु २१ असोज । नेत्र बिक्रम चन्दको गृह जिल्लावाट फेरी शान्तिपूर्ण संघर्ष शुरु भएको छ । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओली र विप्लव समुह बीच भएको ३ वुद्धे सहमति कार्यान्वयन नभएको भन्दै मंगलवार जिल्ला प्रशासन कार्यलय कपिलवस्तु घेराउ गरेको विप्लदव समुहले बुधवार गोरुसिंगे स्थित इलाका प्रहरी कार्यलय अगाडी प्रदर्शन गरयो । एक नेताका अनुसार ३ बुद्ध सहमति कार्यान्य नभए सम्म यस्ता प्रदर्शन निरन्तर गरिनेछ न् । यो एक शान्ति पूर्ण प्रदर्शन हो यसलाई बढाउदै लैजान्छौ ती नेताले प्रेसपाटीसंग वताए । 

यतिबेला विप्लव काठमाडौमा राजनैतिक  शिर्ष नेतृत्वसंग भेट गरेर सहमति कार्यान्वयनका लागि दवाव दिएका छन्  कार्यकर्ता आन्दोलनको मोर्चामा कसिएका छन् । यही क्रमम  विप्लव समुहले तीन बुदे सहमति कार्यान्वयन तथा राजनीतिक अवस्था बन्दीहरुको रिहाई माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।  बुधबार कपिलवस्तुको गोरुसिङेमा बृहत बिरोध प्रदर्शन गरिएको जनाएको छ  ।    

 केहि समय नाराबाजि गर्दौ सडकमा निस्कीएका थिए । केहि समय नारनबाजि पछि कोणशभामा परिणत भएको थियो । कोणसभामा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला सचीव कमल केसीले सम्बोधन गर्दै फागुन २१ गते नेपाल सरकार र आफ्नो पार्टील विप्लव नेतृत्वको नेकपाबीच ३ बुदेँ सहमति भएको बताएका छन्।

उनले सहमति अनुसार नेताहरुमाथि लगाइएका झुटामुद्धा खारेज र बन्दीहरुलाई रिहा गरेको छैन् र नेता निर्मलले सहमती अक्षरंस पालना गरि सम्पुर्ण राजबन्दी रिहाई नगरे आफुहरुले कडा संघर्ष गर्ने चेतावनी दिए । एमसिसि जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न र सम्पुर्ण नेपाली जनताहरु एमसिसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्ने चेतावनी समेत दिएका छन् । एनसेलले अझै अर्बौं कर नतिर्दा दलका नेताहरू बोल्न नसकेको र अझ एमसिसीको ५० करोड डलर ल्याएर कमिसन खाने खेलमा लागेको उनको दाबी छ।    

प्रदर्शन कार्यक्रममा तीन बुदे सहमति कार्यान्वयन गर १ , कालोबजारी बन्द गर, महागी नियन्त्रण गर, एमसिसि खारेज गर  एकीकृत जनक्रान्ती जिन्दावाद, नेकपा जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।कार्यक्रममा नेकपा नेता बिजयनगर गाउँपालिका इन्चार्ज प्रताप , युवा संगठन नेपाल जिल्ला अध्यक्ष सागर , अखिल विद्यार्थी क्रान्तिकारी नेपाल जिल्ला अध्यक्ष बिज्ञान , युवा संगठन लुम्बिनी ब्युरो सदस्य बादल, थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय संयोजक संघ प्रसाद थारु लगायतको उपस्तिथिती रहेको थियो ।  कार्यक्रमलाई शिवराज नगरपालिका इन्चार्ज पाबेलले सहजीकरण गरेका थिए ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६