प्रदेश

पहिलो कृतिमै पत्रकार कँडेललाई पुरस्कार ।



भरतपुर, १५ कर्तिक । पत्रकार भएरपनि साहित्यमा समेत  समेत कलम चलाउँदै आएका पत्रकार सूर्यप्रकाश कडेँल पुरस्कृत हुने भएका छन् । उनलाई साहित्यिक कृति ‘मोसो’ उपन्यासका लागि चिसाप लीला–नर्मदा साहित्य पुरस्कार प्रदान गरिने भएको छ । कडेँलको पहिलो कृति मोसो उपन्यास २०७७ सालमा प्रकाशित भएको थियो ।

उक्त वर्ष प्रकाशीत कृतिहरुमध्ये उत्कृष्ट ठहरिएको ‘मोसो’ का लागि लेखक कँडेललाई यो पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद (चिसाप) का अध्यक्ष सुरेन्द्र अस्तफलले बताए ।

उनकै अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले पत्रकार एवं लेखक कँडेललाई ११३ औँ लक्ष्मी जयन्तीको अवसरमा कात्तिक १८ गते चिसापको सभाहलमा एक समारोहबीच पुरस्कार प्रदान गरिने निर्णय भएको हो । पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ रहेको छ ।

बालकुमारी माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक एवं कवि सरस्वती रिजालले बुबा लीलानाथ तिमिल्सिना र आमा नर्मदादेवीको नाममा स्थापना गरिएको २ लाख ५१ हजार रुपैयाँको अक्षयकोषबाट आर्जित ब्याजले हरेक वर्ष लक्ष्मी जयन्तीमा उक्त पुरस्कार दिँइदै आएको छ ।

यसअघि यो पुरस्कार रमा शर्मा कृतित्व र व्यक्तित्व २०७२०, श्रीओम श्रेष्ठ ‘रोदन’ भनौँ कि नभनौँ निबन्ध संग्रह २०७३०, विश्वप्रेम अधिकारी टिमुरको झोल कथा संग्रह २०७४०, विमल वैद्य अक्षर सिम्फोनी कविता संग्रह २०७५० र ललित बस्नेत मोहपथ कथासंग्रह २०७६० ले प्राप्त गरिसकेका छन्।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६