प्रदेश

तिहारमा ढुक्क भएर झिलिमिली गर्नुहोस्ः कुलमान घिसिङ



काठमाण्डौ, १६ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ ।  आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो । उहाँले यस वर्षको तिहारमा झन्डै १५ सय मेगावाट बिजुली प्रयोग हुन सक्ने प्रक्षेपण गरेको बताउनुभयो । 

घिसिङले अहिले कुलेखानीको विद्युत् खेर गइरहेको बताउँदै प्रसारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताउनुभयो । उहाँले आम नागरिक तथा उपभोक्तालाई ढुक्कसँग विद्युत् चलाउन आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यो तिहारमा हामीले १५ सय मोगावाटभन्दा बढी एक्सपोज गरेका छैनौँ,  हामीसँग जेनेरेशन अहिलेसम्मको झन्डै दुई हजार प्लस मेगावाटमा हामी जलविद्युत् मात्रै उत्पादन जडित क्षमता छ, १५र१६ सय जलविद्युत् अप्रेशनमा छ । कुलेखानी चलाउनुपरेको छैन, कुलेखानी पनि खेर गइरहेको छ, दिउँसो झन्डै दुई सय र राति पाँच सय मेगावाट हामी सप्लाइमा छौँ, त्यो भएकोले तिहारका लागि लोडअनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन, बत्ती काट्ने, लोडशेडिङ गर्ने कुनै अवस्था छैन । ढुक्कका साथ जति पनि तिहार मनाउनलाई लाइटिङ सिस्टम राख्नुपर्ने हो, इक्विपमेन्ट चलाउँदा पनि हामीलाई असर पर्दैन, सबै आम नागरिक, उपभोक्ताले निर्धक्कका साथ तिहारमा झिलिमिली गर्दा हुन्छ ।’

उहाँले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताउनुभयो । उहाँले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भरपर्दो विद्युत् कसरी दिने भन्ने अबको चुनौती रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताउनुभयो । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६