प्रदेश

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा ।



काठमाडौं, ०५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमाले का उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा आफू अध्यक्ष उठ्ने घोषणा गरेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। 

एमालेमा प्रायः सबै नेताहरूले दशौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै दोहोर्‍याउनुको विकल्प नभएको बताइरहेका बेला रावलले उनलाई चुनौती दिएका हुन्।

एमाले अध्यक्ष ओलीले पनि पार्टीलाई अहिले चारैतिरबाट आक्रमण भइरहेकाले सहमतिका आधारमा पार्टी चलाउनु पर्ने तर्क गरिरहेका छन्।  त्यहीअनुसार एमालेका प्रतिनिधि पनि प्रायः सहमतिकै आधारमा भएका छन्।

रावल नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए। पार्टीभित्र उनी  माधवकुमार नेपालको समूहमा थिए। गत वैशाखमा एमाले विभाजित हुँदा रावलसहित नेपाल पक्षका १० नेताले उनलाई साथ दिएका थिएनन्। उनीहरू पार्टी एकता रक्षा गर्नु पर्ने भन्दै एमालेमै बसेका थिए। तत्कालीन नेकपा र पछि नेकपा एमाले हुँदा रावल अध्यक्ष ओलीको खरो आलोचक थिए।

६६ वर्ष भइसकेका रावल एमालेको विधानअनुसार अर्को महाधिवेशनमा उम्मेदवार हुन पाउँदैनन्। एमालेले  केन्द्रीय पदाधिकारीका लागि ७० वर्षपछि उम्मेदवारी दिन नपाइने व्यवस्था गरेको छ।

यसअघि गृहजिल्ला अछाममा पुगेर पनि आफू अध्यक्षमा उठ्ने संकेत गरेका थिए।  रावलले उम्मेदवारी घोषणा गरे पनि उनी एक्लै लड्न लागेका हुन् कि अन्य पदाधिकारीमा प्यानल बनाएका छन् भन्ने खुलिसकेको छैन। 

यसबारे सोधिएको प्रश्नमा रावलले पार्टीले प्यानल बनाउन प्रतिबन्ध लगाएकाले प्यानल नबनाएको उल्लेख गर्दै आफ्नो टिमका साथीहरूले एक्लाएक्लै उम्मेदवारी दिने बताए। 

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६