काठमाडौं, ०५ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको को राजिनामा माग गर्दे धर्ना दिइरहेका कानुन व्यवसायीको धर्ना आज पनि जारी छ ।
धर्नामा सहभागी कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । शान्तिपूर्ण धर्ना दिइरहेको अवस्थामा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् । आजको प्रदर्शनमा कानुन व्यवसायीले ‘दंगा प्रहरी बाहिर जा’ भन्दै राजीनामा नाराबाजी गरेका छन् ।
सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ । अदालत परिसरभित्र सशस्त्र प्रहरी समेत उपस्थित भएपछि कानुन व्यवसायीहरुले प्रहरी हटाउन माग गर्दै आएका छन् ।न्यायालयमा सुधारको माग गर्दे कानुन व्यवसायीहरुले झण्डै १ महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिदै आएका छन् । त्यसमा उनीहरुले प्रधानन्यायाधीश जवराले राजीनामा दिनु पर्ने माग गरेका छन् ।








प्रतिक्रिया