जीवनशैली

खेम, सावित्रा सम्मान लायन्स अक्षयकोषद्धारा ५ विद्यालयका १० विधार्थीलाई छात्रावृति प्रदान ।



हरि घिमिरे, ५ मंसिर । खेम सावित्रा सम्मान लायन्स अक्षयकोष छात्रवृति नामक अक्षयकोषले १०  जना गरिब तथा जेहेनदार विधार्थीलाई छात्रवृति प्रदान गरेको छ । अक्षयकोषदाता भगवति देवी रेग्मी भूसालको स्वर्ण जन्मोत्सवको अवसर पारेर उक्त छात्रवृति प्रदान गरिएको हो ।

छात्रा वृति युनाईटेड स्टुडेन्ट एकेडेमि, जनता माध्यामिक विद्यालय , चिल्डेन प्याराडाईज ,आवर विज्डम स्कुल , पञ्च आधार भुत विद्यालय वैजलपुरका विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

छात्रवृति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले विधार्थीको पढाईप्रतिको लगावलाई यस्ता कार्यले थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले पारिवारिक आर्थिक विपन्नताले पढाईबाट बञ्चित हुनुपर्ने स्थितिलाई छात्रवृतिले रोक्ने बताउनुभयो । स्वर्ण जन्मोत्सवको शुभकामना दिदैं  उहाँले समाजमा सबैले यस्तै सकारात्मक कदम चाल्न आवश्यक रहेको औल्याउनुभएको छ ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भूसालले छात्रवृतिले विधार्थीको शैक्षिक गुणस्तर तथा पढ्नुर्पछ भन्ने मनोवल भावनालई प्रोत्साहन गर्न छात्रवृति प्रदान गरेको बताउनुभयो । हर्टविट एफ.एम.का अध्यक्ष समेत रहनुभएका अध्यक्ष भुसालले परिवारको खुसि आफ्नो खुसि भएको प्रष्ट पर्दै सामाजिक सेवामा सर्मपित उहाँकि दम्पति भगवती भुसालको चाहनाअनुसार अक्षयकोषको स्थापना गरिएको बताउनुभयो । आफुहरुले समाजमा सकारात्मक सन्देश दिन विगतदेखि नै भूमिका निर्वाह गर्दै आईरहेको र सोही अनुरुप यो पनि एउटा कदम भएको अध्यक्ष भूसालको भनाई छ ।

यस्तै कार्यक्रममा स्वर्ण जन्मोत्सव रहनुभएकी भगवती रेग्मी भूसालको बाबा र आमा खेमराज रेग्मी र सावित्रा रेग्मीलाई सम्मान गरिएको कार्यक्रमका संयोजक लायन्स क्लव अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष केशव सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमका विशिष्ट आतिथि राजनितिक एवम समाजसेवी मेगराज ज्ञवालीले शुभकामना दिदैं आगामी दिनमा पनि यस्तै सकरात्मक कार्यको अपेक्षा गरेको बताउनुभयो ।

बाणगंगा नगरपालिका १ मन्द्रेली टोल निवासी अध्यक्ष भूसालको आफ्नै निवासमा सम्पन्न कार्यक्रमको संचालन क्लवका सचिव सागर घिमिरेले गर्नुभएको थियो । 

कार्यक्रममा लायन्सका अन्य पदाधिकारी, लायन्स क्लब अफ दिदि बहिनीका पदाधिकारी, लियो क्लव कपिलवस्तुका पदाधिकारी तथा अन्य समाजसेवि बुद्धिजिवी हरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६