प्रदेश

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा रचनात्मक कार्यक्रम



सरिता थारु
कपिलवस्तु ९ मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।


बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।यसैबीच कपिलबस्तुको बाणगंगा नगरपालिकाले पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विहिवार देखि सुरु गरेको । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियान पालिकाले १६ दिन सम्मै विभिन्न कार्यक्रम गरि मनाउने महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्तले जानकारी दिनुभयो।अभियानको पहिलो दिन प्लेकार्ड र पन्चेबाचा सहित सचेतनामुलक र्याली सम्पन्न गरेको छ ।नगरपालिकाको प्रांगणदेखि सुरु भएको र्याली ४ नं. चोकबजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।

कोण सभामा नगर उपप्रमुख तथा लैंगिक हिंसा निवारण समिती संयोजक चक्रपाणी अर्यालले बोल्दै विभेदरहित समाज निवार्ण गर्दै लैंगिक हिंसा रहित पालिका निमार्णमा प्रतिबद्ध रहेको बताउनु भएको थियो । यस्तै कार्यक्रममा प्रशासकिय अधिकृत बासुदेव खनालले अभियानलाई अभियानको रुपमा मात्र सिमित नराखि घर, कार्यस्थल सबै ठाउमा व्यवहार र कार्याशैलीमा रुपान्तरण गरि समतामुलक समाज निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य, सिंद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरे, मेचिमहाकाली बुहारी संयुक्त आवाजकी जिल्ला संयोजक चन्द्रा अर्याल, राष्ट्रिय जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष भेषराज कुंवर लगाएतले सम्बोधन गर्दै यो अभियानलाई ३ सय ६५ दिनै लैंगिक हिंसा विरुद्धको अभियानमा लाग्नुपर्ने औल्याउनुभएको थियो । यस्तै अभियान अन्तरगत भोली साझां ६ बजे ४ नं. चोकमा सन्ध्याकालिन दिप प्रज्वलन गरिने, ११ गते शनिबार महिला सहकारी, निगरानी समुह र सरोकारवाला विच लैंगिक हिंसा सामाजिक कुरिती, बालविवाह विषयक चौमासिक अन्तरक्रिया, १३ र २१ गते २ वटा वडामा लैंगिक हिंसा र सामाजिक कुरिती विषयमा १,१ दिने सचेतनामुलक कार्यक्रम, १५ गते देखि १९ गते सम्म ५ दिने किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम र २४ गते अभियानको औपचारिक समापन कार्यक्रम तय गरिएको छ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६