प्रदेश

घनश्यामले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै भोट माग्न थाले



चितवन, ११ मंसिर । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीको उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै भोट माग्न थालेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै भुसालले भोट माग्न थालेका हुन् । उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलसँगै उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर उनले बन्द सत्र सुरु हुनअघि आफूलाई उपाध्यक्षमा रुपमा प्रस्तुत गर्दै प्रचार थालेका हुन् । एमालेको शुक्रबार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थपेको थियो । यस्तोमा नवौँ महाधिवेशनबाट उपमहासचिवमा विजयी भुसालले उपाध्यक्षमा सजिलै सेट हुने रणनीतिसहित प्रचार थालेका हुन् ।

भुसाल र रावल माधव नेपाललाई विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए । रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्ने नै बताएका छन् । वरिष्ठ उपाध्यक्षमा भने एमाले अध्यक्ष ओली पक्षीय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच टकराव चलिरहेको छ । ओलीले नेम्वाङलाई केही राजनीतिक लाभका पद देखाएर ब्याक गराउन खोजे पनि सफल भएका छैनन् । एमालेको १० औं महाधिवेशन चितवनको सौराहमा जारी छ ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६