प्रदेश

एमाले महाधिबेशन : जस्को उम्मेद्वारीले केन्द्रिय अनुशासन आयोगमा पायो सर्बाधिक चर्चा



भेषराज पाण्डे सौराह ११ मंसिर ।नेकपा एमालेको केन्द्रिय अनुशासन आयोगमा कपिलवस्तुका झबिलाल पोख्रेलले दिएको उम्मेद्वरीले बिशेश चर्चा पाएको छ।एमालेको सक्रिय राजनितीमा ४५ बर्ष बितिसक्दा सम्म पोख्रेल पार्टी अनुशासनमा सधै अब्बल मनिदै आउनु भएको पार्टीका केन्द्रिय सल्लाहकार एबम कपिलबस्तुमा तत्कालिन मालेका सस्थापक सचिब टीका राम अर्याल बताउनु हुन्छ । पोखेरेलले एमालेका प्रदेश इन्चार्ज शंकर पोख्रेल र प्रदेश अध्यक्ष लिला गिरीलाइ समेत सोधेर उम्मेदवारी दिने टुंगोमा पुगेपछि भोट माग्न थाल्नु भएको हो । प्रदेश साम्सद बिष्णु पन्थीले राइट मैन राइट प्यालेशको सिद्धान्तका आधारमा उहाँ निर्बिकल्प एमालेको केन्द्रिय अनुशासन आयोगमा सदस्य निर्वाचित हुने ठोकुवा गर्नु भयो । उहाँ साचो रुपमा कम्युनिस्ट आचरन ,जीवन शैली र ब्याबहारको प्रतीक जस्तै मानिनु हुन्छ।जे गर्न सकिन्छ त्यो बोल्ने बोलेका कुरा सधै पुरा गर्ने पोख्रेलको शैली छ । कसैले कुनै पनि प्रलोभनमा पार्न नसक्ने पारदर्शी स्वभाव पोखरेलमा रहेको छ।हाल कपिलवस्तु पार्टीको अध्यक्ष रहेको र अब नदोहोर्‍याउन उहाले एक बर्ष अधिबाट घोषणा गरेकोले जिताउन समग्रमा लुम्बिनीका कर्याकर्ता लागेको केन्द्रिय नेता बिमला घिमिरे बताउनु हुन्छ ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६