कोशी

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता



रसुवा, २० कात्तिक

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहकार्य गर्ने उद्देश्यले दुवै पक्षबीच साझेदारी सम्झौता भएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा विशालकुमार भण्डारीको उपस्थितिमा आयोजित कार्यक्रममा रेडक्रसको रसुवा जिल्ला शाखाका कार्यवाहक सभापति देकीछोमो तामाङ र गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार रेडक्रस र गाउँपालिकाको समन्वयमा बाढी प्रभावित परिवारलाई तत्काल नगद सहायता उपलब्ध गराउनुका साथै अन्य मानवीय सहायता र प्रतिकार्यका कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा दुवै पक्षका प्रतिनिधिले प्राप्त सहयोग पारदर्शी र व्यवस्थित रूपमा वास्तविक पीडितसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । —

प्रकाशित : २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६