प्रदेश

तीनै तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्छः अध्यक्ष ओली



काठमाडौं,पुस २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्ने प्रक्षेपण गरेका छन् । साथै उनले सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने समेत बताएका छन् ।

दशौं महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले एमालेले अघि सारेको नीति, कार्यक्रम र निर्णयहरु सफल कार्यान्वयन भए आगामी एक बर्षभित्र हुने तीनै तहका निर्वाचनमा एमाले पहिलो मात्र नभई बहुमत प्राप्त पार्टी बन्ने बताएका हुन् ।
‘अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् ।

स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ’, ओलीले जारी गरेको पहिलो अन्तर पार्टी निर्देशनमा (अपानि)भनिएको छ, ‘उल्लेखित निर्णयहरूको सफल कार्यान्वयनबाट हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ।’ अध्यक्ष ओलीले त्यस दिशामा अग्रसर हुन सबै नेता कार्यकर्ताहरूलाई आह्वान समेत गरेका छन् ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६