प्रदेश

शिवराजमा बाल विवाह अन्त्य गर्न दश वर्षे रणनीति ।



जानु पाण्डे, २ पुष ।
समुदायमा बाल विवाह हुनेको संख्या नरोकिए पछि कपिलवस्तुको शिवराज नगरपालिकाले १० वर्षे रणनीति निर्माण गर्न सुरु गरेको छ । नगरपालिकाले बाल विवाह न्यूनीकरणको योजना तयार गर्न सरोकार वाला सँग छलफल गरेको छ । नगरपालिकाका केही वडा बाल विवाह मुक्त घोषणा भए पनि सबै वडा बाल विवाह मुक्त गराउन अभियान स्वरुप रणनीति तयार गर्न लागेको नगर उप प्रमुख शिवकुमारी थारुले बताउनु भयो ।

नगरपालिकाले पछिल्ला तीन वर्ष भित्र १ हजार ६ सय ७ जनाको बालविवाह तथ्याङ्क प्रस्तुत गरेको थियो । ती मध्ये १ हजार १ सय १७बालक र ४ सय ९० बालिका रहेको छन् । पालिकालाई बाल विवाह मुक्त गराउन विगत ५ वर्ष अगाडी देखि विभिन्न संघसंस्थाले अभियान सञ्चालन गर्दै आएका थिए । सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रबन्धक प्रकाश घिमिरेले रणनीतिको मस्यौदा प्रस्तुत गर्नु भएको थियो । बालबालिकाको सवालमा काम गर्दै आएको केन्द्रले नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताइएको छ ।

नगरपालिकाको वडा नं.१ मा सबै भन्दा बाल विवाह हुने क्षेत्र मानिएको छ । सो वडामा३ वर्षमा २२४ जनाले बालविवाह गरेका थिए । वडा न ७मा सबै भन्दा न्यून ३४ जनाले बालविवाह गरेका थिए ।वडामा बालविवाहका घटनाहरू बढेसँगै किशोर किशोरीहरुद्वारा अभियान सञ्चालन गरिएको वडा न १ का अध्यक्ष जगत जिसीले बताउनु भयो । कतिपय बालविवाह रोकिएको पनि भागी विवाहले बालविवाह बढेको उहाँले प्रष्ट पार्नु भयो ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६