प्रदेश

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीको सानदार जित, पुलिस क्लब पराजित



काठमाण्डौ, ०३ पुष । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत् घरेलु मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

घरेलु मैदान पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोलले हरायो । मनाङको लागि कप्तान अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । जितसँगै मनाङ पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने पाँच खेलमा पाँच अंक मात्रै जोडेको छ ।

अर्को खेलमा जावलाखेल क्लबले च्यासल युथ क्बललाई हराएको छ । लिगमा पहिलो जित निकाल्ने क्रममा जावलाखेलले च्यासललाई १–० गोलले हरायो । दशरथ रंगशालमा भएको खेलमा उसका लागि विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे । जितसँगै जावलाखेल चार अंकका साथ १० औँ स्थानमा उक्लिएको छ । च्यासल ११ औँ स्थानमा झरेको छ ।

प्रकाशित : ३ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६