अर्थ-वाणिज्य

बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिए



हेटौंडा ९ पुस । बागमती प्रदेश सरकारमा ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज (शुक्रबार) ६ मन्त्री थप गरेसँगै मन्त्रीहरूको संख्या १८ पुगेको हो । मुख्यमन्त्री पाण्डेले आज सत्ता घटक नेपाली कांग्रेसको तर्फबाट ३ जना मन्त्री र ३ जना राज्यमन्त्री थपेका हुन् । आज थपिएका मन्त्रीहरूमा दीपेन्द्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै बलराम पौडेल भूमि व्यवस्था तथा सहकारी र मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।

लामाकाअनुसार कांग्रेसकै तर्फबाट ३ जनाले आजै राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । जसमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री तथा सन्त चेपाङले भौतिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । नव नियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनियताको शपथ लिनेछन् । यसअघि नै वागमती प्रदेशमा ११ मन्त्री र एक राज्यमन्त्री थिए ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६