प्रदेश

नोबेल पुरस्कार विजेता डेसमन्ड टुटुको निधन



काठमाण्डौ, ११ पुष । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेतासमेत रहनुभएका इसाई पादरी टुटुको आज आइतवार निधन भएको हो ।

टुटुलाई दक्षिण अफ्रिकामा रङ्गभेद विरोधीको प्रतीकको रूपमा पनि चिनिन्छ । उहाँको निधनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामफोसाले टुटुको निधन भएको जानकारी दिँदै उहाँको निधन दक्षिण अफ्रिकामा एक बहादुर पिढीँको समाप्ति भएको बताउनुभयो ।

सन् १९८४ मा डेसमन्ड टुटुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँ भारतमा सन् २००७ मा गान्धी पुरस्कारबाट पनि सम्मानित भइसक्नुभएको छ ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६