प्रदेश

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो ।



बाँके, १५ पुष । बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।

अस्पतालको क्वाटरमा रातको समयमा मकल बालेर सुतेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उहाँका परिवारका तीन सदस्यको ज्यान गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा कालीकोटको खाँडाचक्र नगरपालिका–४ घर भएका धर्मप्रसाद भट्टराई, उहाँका तीन महिनाका छोरा इप्सन, धर्मप्रसादकी आमा कोकिला र बहिनी कोली भट्टराई रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६