प्रदेश

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित



काठमाण्डौ, १६ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि अध्यक्ष प्रचण्डले आज शुक्रवार जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

जवाफ दिने क्रममा प्रचण्डले प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदनलाई व्यापक सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राम कार्कीको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने जवाफ दिनुभएन ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो । जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग ९एमसीसी० का बारेमा प्रतिवेदनमा जे छ त्यही रूपमा बुझ्न आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा परिमार्जनसहित राष्ट्रिय हित अनुकूल बनाएर एमसीसी पारित गर्ने उल्लेख गर्नुभएको छ ।

यस्तै अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने भन्दै यसका लागि जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको बताउनुभयो । २०४५ सालमा सानो समूहबाट सुरु गरेर जनयुद्ध अनि शान्ति प्रक्रिया हुँदै गणतन्त्र र संविधान निर्माण आफूहरूको ठूलो उपलब्धि भएको उहाँले बताउनुभयो ।

गएको आइतवार सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीयय कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६