प्रदेश

ओलीले भने, बंगाली नवावकै ताल भो मेरो ।



काठमाडौं, १६ पुस

एमाले अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताएका छन् । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् ।

अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले, पार्टी विभाजन गरेकाले आफ्नो सरकार ढलेको स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आरोप लगाए ।

बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको उनको भनाइ थियो ।

आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उनले दाबी गरे । देशमा तीव्र विकास भइरहेकोमा त्यो देख्न नसकेरै विभिन्न शक्तिकेन्द्रले एमाले नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६