प्रदेश

मधौलिया सामुदायिक वन उपभोक्ता समूहको १८ औ बार्षिक साधारण सभा सम्पन्न




कपिलवस्तु, पुस १६ ।
मधौलिया सामुदायिक वन उपभोक्ता समूहको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आज सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले वनको संरक्षण, संबद्र्धनमा समितिका सम्पूर्ण पधाधिकारी तथा सदस्यको महत्वपूर्ण योगदान रहेको बताए । उनले आगामी दिनमा वनको चौतर्फी विकासमा सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताए । मन्त्री यादवले प्रदेश सरकारले वनको संरक्षण, संवद्र्धनमा विशेष चासो दिएको र मधौलिया सामुदायिक वनलाई आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै मन्त्री यादवले वन मधौलिया वन उद्यानको मूल गेटमा रहेको शिलालेखको अनावरण गरी उद्घाटन गरे । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मधौलिया सामुदायिक बन एक नमुना वन बन्दै गएको दाबी गरे । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेको सासंद पन्थीले मधौलिया सामुदायिक बन सबैको आकर्षण बन्दै गएको र पर्यटकीय हिसाब समेत महत्वपूर्ण सावित भएको बताए । मधौलिया सामुदायिक वनलाई स्थानीय तथा प्रदेश सरकारले विशेष चासो दिई नमुना बनाउन सबैको साथ आवश्यक रहेको बताए । मधौलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतमले आफ्नो कार्यकालमा भए गरेका प्रगतिको बारेमा उल्लेख गरे । उनले वनका सम्भावना तथा अवसरहरु उल्लेख गर्दै वन संरक्षण, सम्बद्र्धन तथा बदलिदो जलवायु परिवर्तनका लागी सबै सरोकारवालहरुलाई एकजुट हुन अपिल गरे । कार्यक्रममा वनका सचिव रेखा ढकालले २०७७,७८ को बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष बाबुराम बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मधौलिया वन उद्यानमा सम्पन्न कार्यक्रमको संचालन वनका उपोभोक्ता सदस्य शान्ता विक्रम पौडेलले गरेका थिए ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६