प्रदेश

बुटवल बाट सव बोकेर रिडि जाँदै गरेको बस दुर्घटना ७ जनाको मृत्यु




बुटवल, १८ पुष ।
बुटवल देवीनगर वाट सब लिएर रिडी जाँदै गरेको लु १ ख ७२७९ नः को बस पाल्पा लगुवामा दुर्घटना ग्रस्त भएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । उनका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।

आइतबार बिहान साढे दश बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।

प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६