प्रदेश

जंगली हात्तीको आक्रमण बाट बर्दियामा एकको मृत्यु




बर्दिया, १८ पुष । बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नं.९ बस्ने ५४ बर्षिया धुशिया थारुको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।

नेपाल भारत पिलर नं। ९२,९३ दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा आइतबार करिब दिउँसो १२ बजेको समयमा जंगली हात्तीको आक्रमणमा परि घटना स्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी तथा सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिनुभएको हो।

थारुको शब पोष्टमार्टका लागी प्रथामिक स्वास्थ्य केन्द्र राजापुर लगिएको वन कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६